Logo

चार हजार महँगा कार बोकेको पानीजहाज आन्ध्र महासागरमा डुब्यो



काठमाडौं, फागुन १८ । आगलागीमा परेको हजारौँ विलासी कार बोकेको कार्गो पानीजहाज आन्ध्र महासागरमा डुबेको छ। झन्डै चार हजार विलासीसहितका कार बोकेको उक्त कार्गो जहाज आगलागीमा परेकोको झन्डै दुई सातापछि महासागरमा डुबेको हो ।

जर्मनीको बन्दरगाह एम्डेनबाट अमेरिकाको रोड आइल्यान्डका लागि हिँडेको उक्त जहाजमा के कारणले आगलागी भयो त्यसबारे खुल्न सकेको छैन् ।

फेब्रुअरी १६ मा जहाजमा आगलागी भएपछि त्यसमा रहेका चालकदलसहित सबै कर्मचारीको उद्धार गरिएको थियो। बीबीसीका अनुसार जहाज आन्ध्र महासागरको झन्डै ३५ सय मिटर गहिराइमा पुगेको छ।



प्रतिक्रिया दिनुहोस्