Logo

दुई महामन्त्रीको समर्थन पाएका शेखर टिमका बराललाई हराउँदै पोखरेल बने सिन्धुली काँग्रेस सभापति



सिन्धुली, २३ फागुन । नेपाली काँग्रेस सिन्धुली जिल्ला अध्यक्षमा स्वतन्त्र हैसियतमा निर्वाचनमा होमिएका उपेन्द्र पोखरेल निर्वाचित भएका छन् ।

पोखरेलले संस्थापन र शेखर कोइराला समूहका दुवै उमेद्वारलाई पछि पार्दै नेपाली कांग्रेस सिन्धुलीको सभापतिमा निर्वाचित भएका हुन् ।

पोखरेललाई हराउन काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गगन कुमार थापा दुबै लागेका थिए । तर, पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउँन नसकेपछि दोस्रो चरणमा पोखरेलले कोइराला समूहका उज्वलप्रसाद बराललाई पछि पार्दै बाजि मारेका हुन् ।

फागुन १६ गते (सोमबार) भएको निर्वाचनमा ८८५ मत प्राप्त गरी पोखरेल विजयी भए । दोस्रो चरणमा संस्थापन पक्षका प्रेमचन्द्र दाहालको समर्थन पोखरेलले पाएका थिए ।

काँग्रेसका दुई महामन्त्रीहरुको समर्थन पाएका कोइराला समूहका उज्ज्वलप्रसाद बरालले दोस्रो चरणमा ४७७ मत प्राप्त गरे ।



प्रतिक्रिया दिनुहोस्