Logo

नेपालको प्रतिवेदनमाथि नौ समूहमा छलफल, आज जवाफ दिने



काठमाडौं, फागुन २६। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । प्रतिवेदनमाथि नौ वटा समूह गठन गरेर समिूहगत छलफल सुरु भएको हो ।

७ प्रदेशबाट ७ समूह र उपत्यका विशेष र सम्पर्क समन्वयको एउटा तथा केन्द्रीय विभाग तथा मोर्चा संगठनको अर्को समूह गरी नौ वटा समिूहमा विभाजन गरेर छलफल सुरु भएको पोलिटब्यूरो सदस्य होम बुढाथोकीले बताएका छन् ।

उनका अनुसार आज समिूहगत छलफल सम्पन्न गरेर अध्यक्ष नेपालले जवाफ दिएपछि प्रतिवेदन पारित गर्ने तयारी छ । प्रतिवेदनमा चैत १५ भित्र सम्पूर्ण स्थानीय तह र वडाहरूमा बाँकी रहेको पार्टी कमिटी गठन गरिसक्ने कार्ययोजना अघि सारिएको छ।



प्रतिक्रिया दिनुहोस्