भक्तपुर, २६ फागुन । जनताको घर दैलोमा पुगी जनचाहना, आवश्यकतालाई जानकारी लिई जिल्लाको विकास र समृद्धिलाई शतप्रतिशत पुरा गर्ने लक्ष्यका साथ नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले दुई दिनमा ६ वटा आयोजनाको उद्घाटन तथा एक आयोजनाको शिलान्यास गरेका छन् ।
यसरी हेर्दा जिल्लामा उद्घाटनमय तथा शिलान्यासमय बनेको छ । विगतमा कांग्रेसलगायतका नेता तथा कार्यकर्ताले शिलान्यासमात्र भयो भनि विकासको विरोध तथा आलोचना गर्नेलाई सांसद बस्नेतको नेतृत्वमा विरोधीलाई कामले जवाफ दिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागबाट विनियोजित बजेटमा मंगलवार मध्यपुर नगरपालिका वडा नं. १ सम्पादा टोल नयाँ मार्ग लोकन्थली र वडा नं. २ पञ्चायन नगर सुधार समिति अन्तरर्गत सगरमाथा टोल क्षेत्र अन्तरगतका ६ वटा सडकहरुमा ढलसहित स्तरउन्नती तथा ढुङ्गा छपाई कार्यको सम्पन्न भएसँगै नेता बस्नेत तथा नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । त्यस्तै बुधवार सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलको चखुँ खोलामा थप नयाँ ट्रष्ट पुलको शिलान्यास गरे ।
वडा नं. ८ का वडाध्यक्ष किरण थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेता बस्नेतले जिल्लाका तीन वटै तहमा एमालेको नेतृत्व आएसँगै भक्तपुर देशभरका जनताको अकर्षणको केन्द्र भएको बताए । एमालेको नेतृत्वसँगै भक्तपुरको विकास र समृद्धिले कायापलट भएको दावी गर्दै उनले मुलुककै नमुना जिल्लाको रुपमा विकास भएसँगै भक्तपुर पर्यटकीय, वौद्धिक वर्ग, शिक्षित, मनोरमको बस्ती भएको जिल्लाको रुपमा स्थापीत भएको समेत बताए ।
नयाँ बस्तीको विकास अत्याधिक मात्रामा बढिरहेको उल्लेख गर्दै उनले भक्तपुरमा चार वटा भक्तपुरमा स्मार्ट सिटी, क्यान्सर अस्पताल, प्राणी उद्यान, वीर अस्पताल, पेप्सीकोला सडक, अन्तर्राष्ट्रिय सभागृह, रंगशाला लगायतका राष्ट्रिय गैरवका महत्व राख्ने आयोजनाहरु सञ्चालनको क्रममा रहेको जानकारी गराए ।
केपी ओली नेतृत्वको सरकारले दिएको बजेटले नै हालसम्म दैनिक उद्घाटन तथा शिलान्यासका कार्यहरु भइरहेको उल्लेख गर्दै उनले भक्तपुरमा ठूला योजनाहरु प्रायः निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न भएसँगै ठूला आयोजनाको लागि बजेट आवश्यक नपर्ने भएकाले जनताको माग नै सानो सानो योजनाको मात्र माग हुने अवस्था बनेको दावी गरे । साना तिना कामहरु अब एक चुट्की बजाएको भरमा बजेट आउने उनले दावी गरे । एमालेले अघिल्लो निर्वाचनमा डबल मतले विजयी भएको पनि आगामी निर्वाचनमा तेव्वर मतले विजयी गर्ने उद्घोष समेत गरे ।
उनले भने, ‘हामी एमालेका जनप्रतिनिधिहरु निर्वाचित भएसँगै जनताको माग, चाहना र आवश्यकता अनुसार विकास ठूला तथा साना योजनाहरु निर्माणको क्रममा रहेका छन् । कतिपय जनतालाई अति आवश्यक पर्ने आयोजनाहरु निर्माण भइसकेका छन् । कतिपय निर्माणको क्रममा रहेका छन् । निर्माण सम्पन्न भएसँगै जनताको लागि ठूला मागहरु करिव अन्त्य हुनेछन् । साना आयोजनाहरु मात्र अब जनताको माग र आवश्यकता हुने अवस्था बनेको छ । जुन साना आयोजना त एक चुट्कीका भरमा बजेटको व्यवस्थापन हुन्छ । त्यसैले अब भक्तपुरको विकास र समृद्धिको यात्रा ऐतिहासिक बनेको छ । मुलुकभरका जिल्लाहरु मध्येको अकर्षणको रुपमा स्थापीत भएको छ ।’
अर्थमन्त्री जनार्दन शर्मालाई देशको अर्थतन्त्रको सामान्य जानकारी समेत नभएको व्यक्ति भएकाले देशको अर्थव्यवस्था धारासायी बनेको बनेको उल्लेख गर्दै उनले वर्तमान सरकारले नेपालको अर्थतन्त्र उठ्नै नसक्ने गरी ध्वस्त बनाएको भन्दै आक्रोस जनाए । दैनिक महंगी तथा बैंकहरुले ऋण समेत प्रवाह गर्न असक्ने अवस्था बनाएको उल्लेख गर्दै उनले मुलुकको अर्थव्यवस्था सुधार तथा विकास र समृद्धिको नेतृत्व गर्न केपी ओली तथा एमालेको सरकार आवश्यकता जनताको माझमा खड्की रहेको बताए ।