Logo

भारतमा मोदी अझै प्रभावशाली देखिए, केजरिवालको शक्ति बढ्यो



एजेन्सी, २७ फागुन । भारतमा पाँचवटा राज्यको विधानसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टीले महत्वपूर्ण जीत हासिल गरेको छ । उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुर गरी चार राज्यमा भाजपाले जितेको छ । पञ्जाबमा आम आदमी पार्टीले जितेको छ ।

भारतको सबैभन्दा बढी जनसंख्या भएको र लोकसभाको बढी सिट संख्या समेत रहेको उत्तर प्रदेशमा भाजपाले लगातार दोस्रो पटक विधानसभा चुनाव जितेको हो । अघिल्लो चुनावभन्दा संख्या घटेपनि भाजपाले दुई तिहाई सिटमा जितेको छ । मणिपुर, उत्तराखण्ड र गोवामा पनि भाजपा बहुमतमा पुगेको छ । यो जीतसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अझै प्रभावशाली रहेको देखिएको छ ।

सन् २०२४ मा हुने लोकसभा चुनावमा मोदी तेस्रो कार्यकालका लागि प्रतिष्पर्धामा उत्रने तयारीमा छन् । उनले जितपछि हिमाल, समुन्द्री तट देखि गंगाको मैदानसम्म भाजपाले जित हासिल गरेको बताए ।

पञ्जाबमा अरबिन्द केजरिवाल नेतृत्वको आम आदमीले प्रचण्ड बहुमत हासिल गरेको छ । त्यहाँ ११७ कुल सिटमा आपले ९२ सिट जितेको छ । सत्तारुढ कँग्रेस आईले १८ सिटमा र विगतमा सरकार बनाइसकेको अकाली दलले ४ सिटमात्र जितेको छ । भाजपाले २ सिट जितेको छ ।
भाजपाले उत्तर प्रदेशको ४०३ सिटमा २७३ सिट जितेको छ । समाजवादी पार्टीले १२५ सिट जितेको छ ।

उत्तराखण्डमा भाजपाले ७० सिटमध्ये ४७ सिटमा जित निकालेको छ । कँग्रेस आईले १९ सिट जितेको छ । गोवामा ४० सिटमध्ये भाजपाले २० सिट जितेको छ । कँग्रेस आईल्े १२ सिट जितेको छ ।

मणिपुरमा ६० सिटमध्ये भाजपाले ३२ सिट जितेको छ । विगतमा गोवा, उत्तराखण्ड र मणिपुरमा रहेको शक्ति कँग्रेस आईले गुमाएको छ । पञ्जाबमा उसले सबैभन्दा ठूलो क्षति भोगेको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot