Logo

पुटिन रुस छाड्ने पश्चिमा कम्पनीको सम्पत्ति राष्ट्रियकरण गर्ने तयारीमा



एजेन्सी, २७ फागुन । रुसबाट बहुराष्ट्रिय कम्पनीहरु धमाधम बाहिरिन थालेका छन् । रुसमा सोभियत संघको विघटनपछि ३० वर्षमा पुगेका विदेशी लगानीहरु बाहिरिन थालेको छ । युक्रेनमाथि रुसले हमला गरेपछि अमेरिकालगायत पश्चिमा देशहरुको प्रतिबन्धले यस्तो अवस्था आएको हो ।

बोइङ, एयरबस, एपल, डिस्ने, टिकटक, म्याकडोनाल्ड, स्टारबक्स जस्ता ब्रान्डहरुले काम रोकेका छन् । भल्क्सवागत, इकिया जस्ता ब्रान्डहरुले विक्री नै रोकेका छन् ।

इज्जन र सेलजस्ता तेल र ग्याँस कम्पनीहरुले रुसी तेल र ग्याँस खरिद छाडेका छन् ।

यसरी कम्पनीहरु बाहिरिने र काम बन्द गर्न लागेपछि रुस सरकारले कतिपयलाई राष्ट्रियकरण गर्ने तयारी गरेको छ । रुसी पत्रिका इजभेष्टियाले बुधबार कम्पनीहरु राष्ट्रियकरण गर्ने प्रस्ताव बढाइएको उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय पेमेन्ट सिस्टम स्वीफ्टले मुख्य रुसी बैंकहरुसँग प्रणाली काटेको छ । क्रेडिट कार्ड कम्पनी भीसा, मास्टरकार्ड र अमेरिकन एक्सप्रेसले सेवा अवरुद्ध गरेका छन् ।

यसरी ३३० कम्पनी रुसबाट फर्किने र सेवा अवरुद्ध गर्नेमा परेका छन् । तर, ती कम्पनीको ठाउँ चीनलगायत देशका कम्पनीले लिन थालेको बुझिएको छ ।

रुसले पनि सेवा छाडेर जाने पश्चिमा कम्पनीहरुको सम्पत्ति रोक्ने भएको छ । उसले ती सम्पत्ति राष्ट्रियकरण गर्ने प्रस्ताव तयार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot