Logo

छ टनको ड्रोन यूरोपका ४ देश पुग्दा पनि चालै नपाएपछि…



एजेन्सी, २८ फागुन । ६ टनको ड्रोन यूरोपका ४ देश पुगेर क्रोएसियाको राजधानी जागरेभमा झरेको छ । उक्त सैनिक ड्रोनले हजार किलोमिटरभन्दा बढी दूरीको यात्रा गरेपछि तेल सकिएर प्यारासुटको सहयोगले झरेको खुलेको हो ।

ड्रोन युक्रेन, रोमानिया र हंगेरी र क्रोएसियाको हवाई क्षेत्रमा पुगेको जनाइएको छ । अन्तिममा क्रोएसियामा झरेको थियो ।

हजार किलोमिटर प्रति घन्टाको दरले उडेको ड्रोन नाटो देशका राडारले समेत पत्ता लगाउन नसकेपछि चासो बढेको छ । अमेरिका, बेलायत, फ्रान्स, जर्मनीजस्ता शक्तिशाली देशहरु सदस्य रहेको नाटोको रडारले पत्ता लगाउन नसकेको ड्रोन कस्को हो भन्ने अनुसन्धान भइरहेको छ । यसलाई क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिकले गम्भीर भनेका छन् ।

नाटोको राडारले समेत पत्ता नलगाएपछि क्षमता अभिवृद्धिबारे छलफल चलिसकेको छ । रुस र युक्रेनबीच युद्ध चलिरहँदा रुसकै दिशातर्फबाट ड्रोन पुगेको हो ।

ड्रोन सोभियतकालको टी यु १४१ एस भएको खुलेको छ । ड्रोन खसेको स्थानमा प्यारासुट पनि भेटिएको छ । तेल सकिएपछि प्यारासुटबाट ड्रोन स्वचालित रुपमा झारिएको थियो ।-Photo Source: Ukraine’s Armed Force



प्रतिक्रिया दिनुहोस्

Screenshot