Logo

युक्रेनको राजधानी कब्जाको रणनीतिका साथ घेरा साँघुरो पार्दै बढ्यो रुसी फौज



एजेन्सी, २८ फागुन । युक्रेनको राजधानी किभ कब्जाको रणनीतिका साथ रुसी फौज बढेको छ । चारैतिरबाट किभलाई घेरा हालेर रुसी फौजले घेरा साँघुरो पार्दै लगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यसअघि २७ फागुनमा रुसी फौज मुख्य राजमार्गबाट छरिएको दृश्य सेटलाइटबाट देखिएको थियो । जँगल र सहायक सडकहरुमा रुसी सैन्य गाडीहरु छरिएका थिए ।

अल जजिराले रुसी सेना किभतर्फ घेर्दै अगाडि बढेको उल्लेख गरेको छ । रुसी सैनिक विमानहरुले बम हमला पनि गरिरहेका छन् ।

रुसले युक्रेनलाई समुन्द्रबाट विच्छेद गर्न सबै बन्दरगाहहरु नियन्त्रणमा लिइसकेको छ । बन्दरगाह नियन्त्रणमा लिएपछि उसले राजधानी किभ कब्जाको कदम चालेको छ ।

यसैगरी, रुसका धनाढ्यहरुको आफ्नो देशमा रहेको सम्पत्ति यूरोपेली देशहरुले नियन्त्रणमा लिन थालेका छन् । बेलायत, इटालीलगायतका देशहरुले त्यस्तो कदम चालेका हुन् ।

रुसमा डलर बेच्न अमेरिकाले बन्द गरेको छ । उसले रुसी तेल खरिद नै बन्द गरेको छ । रुसले पनि चिनियाँ कम्पनीलाई प्रवेश दिने र उसको मुद्रा यन चलाउन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot