Logo

साउदी राजकुमार आज नेपाल आउँदै



काठमाडौं, फागुन ३० । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपालको दुई दिने औपचारिक भ्रमणमा आज अपरान्ह काठमाडौं आउदैछन् ।

सोमबार र मंगलबार दुई दिने नेपाल भ्रमणमा आउन लागेका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भोली मंगलबार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । दुई देशका परराष्ट्र मन्त्रीबीचको भेटवार्तामा जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot