Logo

रुसले चीनसँग सैन्यलगायत सहयोग मागेको अमेरिकी दाबी



एजेन्सी, ३० फागुन । रुसले चीनसँग सैन्यलगायत सहयोग मागेको दाबी अमेरिकाले गरेको छ । अमेरिकी अधिकारीको भनाई उदृत गर्दै सीएनएनले यसबारे उल्लेख गरेको हो ।

अमेरिकास्थित चिनियाँ राजदूतावासले भने यसबारे कुनै जानकारी नभएको उत्तर दिएको छ । चीन रुसको निकट मित्रशक्ति हो । युक्रेनविरुद्ध रुसी हमलामा चीन तटस्थ देखिएको छ । तर, भित्री रुपमा रुसलाई चीनले साथ दिएको चर्चा छ ।

युक्रेनमाथि रुसले हमला गरेको १९ दिन पुगिसकेको छ । युक्रेनमा ठूलै क्षति पुगिसकेको छ । तर, युद्ध सकिएको छैन ।

युद्धले रुस र युक्रेन दुवैले क्षति भोगेका छन् । युक्रेनले पश्चिमा देशहरुसँग सहयोग मागिरहेको छ । अमेरिका, बेलायतलगायत देशले ठूलो सहयोग गरिरहेका छन् । उनीहरुले हतियार, खाद्यान्नलगायतका सहयोग पठाइरहेका छन् ।

रुसले समुन्द्रसँग जोडिएका युक्रेनका भूभागमा कब्जा जमाएको छ । यसबाट युक्रेनमा समुन्द्री मार्ग रुसले बन्द गरिदिएको छ । चारैतिरबाट घेरेर हमला गरिरहेको छ ।

रुसी सैनिक राजधानी किभलाई चारैतिरबाट घेरेर हमला गरिरहेको छ । किभलाई कब्जा गर्न पूरै ध्वस्त गर्नुपर्ने चुनौती युक्रेनका राष्टपति भोल्दोमिर जेलेन्स्कीले दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot