Logo

रुसी सैनिक युक्रेनको राजधानीको मध्यभाग नजिक



एजेन्सी, ३० फागुन । युद्धको १९औं दिन रुसी फौज युक्रेनको राजधानी किभको मध्यमाग नजिक पुगेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले रुसी फौज अगाडि बढिरहेको जनाएका छन् ।

किभको मध्यमागमा पुग्न रुसी फौजले युक्रेनी सेनाको चुनौतीको सामना गरिरहेका छन् । किभमा ठूलै भिडन्त भइरहेको जनाइएको छ ।

रुसले युक्रेनको समुन्द्री तटीय सबै भूभागमा लगभग नियन्त्रण बनाइसकेको छ । उसले किभलाई चारै दिशाबाट घेरेर आक्रमण गरेको छ ।
रुसी सञ्चारमाध्यमले युक्रेनी फौजले छाडेका सैनिक अखडा, नौसैनिक जहाजलगायत देखाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot