Logo

चुनावी ‘भाषण’ बन्दै एमसीसी



काठमाडौं, चैत १। सरकारले संसद्बाट पारित गराएको अमेरिकी सहयोग परियोजना (एमसीसी) राजनीतिक दलका लागि चुनावी ‘भाषण’को विषय बन्दै गएको छ ।

सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको सहमतिमा प्रतिनिधि सभाबाट पारित भएको एमसीसीलाई सत्तारूढ दलदेखि प्रमुख प्रतिपक्षी दलसम्मका नेताहरूले चुनावी भाषणको विषय बनाउन थालेका छन् ।

एमसीसी संसद्बाट पारित गर्ने नगर्ने विषयमा सत्तारूढ दलहरू लामो समयसम्म विभाजित बनेका थिए भने प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको नेकपा एमालेले एमसीसीमा मौन समर्थन गरेको थियो ।यतिबेला भने दलका नेताहरू सोही विषयमा जनताबीच चुनावी कार्यक्रममा गएर र सामाजिक सञ्जालमार्फत फेरि बोल्न थालेका छन् ।

नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन केन्द्रित विशेष अभियान सञ्चालनका क्रममा छ । कांग्रेसले २९ फागुनबाट २९ चैतसम्म एकमहिने चुनावी अभियान नै घोषणा गरेर गाउँ पसिसकेको छ । उसले एमसीसीका विषयमा जनताबीच छरिएका भ्रमलाई अभियानमार्फत नै चिर्ने नीति लिएको छ ।

सोही क्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नुवाकोटमा आयोजित पार्टीको कार्यक्रममा एमसीसीका विषयमा प्रमुख प्रतिपक्षी दलका नेताहरूको अभिव्यक्तिलाई लिएर बोलेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot