Logo

ब्लगरको ‘सुपारी’ लिएर हत्या गर्न खोजेपछि…



एजेन्सी, १ चैत्र । ब्लगरको हत्या गर्ने षड्यन्त्रको अभियोग पुष्टि भएपछि बेलायतका पाकिस्तानी मूलका युवकलाई आजीवन कारावासको सजाय तोकिएको छ । ३१ वर्षीय मुहम्मद गोहिर खानलाई ब्लगरविरुद्ध षड्यन्त्र गरेको अभियोगमा उक्त सजाय तोकिएको हो ।

समाचार एजेन्सी एएनआइका अनुसार बेलायतको किङ्स्टन अपन थेप्स अदालतले गत हप्ता खानलाई साजय तोकेको हो । उनले नेदरल्यान्ड केन्द्र बनाएर सक्रिय ब्लगर अहमद वकास गोरायाको हत्याको षड्यन्त्र गरेका थिए । अभियोग पुष्टि भएपछि खानले भविष्यमा माफी पाउने अवस्था भएमा पनि १३ वर्ष जेलमा रहनुपर्नेछ ।

गोहिर खान गत जुन महिनामा गोरायाविरुद्धको हत्या षड्यन्त्रको अभियोगमा पक्राऊ परेका थिए । उनलाई पाकिस्तानमा रहेका एकजनाले हत्याको सुपारी दिएको खुलेको थियो । हत्याकै लागि उनी नेदरल्यान्डको रोटेरडम पुगेको खुलेको थियो ।

हत्याका लागि खानले एक लाख पाउन्ड पाउने सहमति बनेको समेत खुलेको थियो । उनी ऋणमा डुबेकाले रकमको लोभमा हत्याका लागि तयार भएको खुलेको थियो । हत्याको सुपारी दिनेबाट विचौलियो पाकिस्तान बस्ने मुजामिल भएको खुलेको थियो । उनले कमिशनवापत् २० हजार पाउण्ड लिने गरी सहमति समेत गरेका थिए ।

हत्याका लागि ५ हजार पाउन्ड पाकिस्तानको बैंकमा रकम राखेर पनि हुन्डीमार्फत् खानसम्म पुगेको खुलेको छ । खान लाहोरबाट बेलायत पुग्दा १३ वर्षका थिए । सन् १९७० को दशकमा उनका बाबुआमा पाकिस्तानबाट बेलायत पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot