Logo

रुस-युक्रेन युद्धको मौका छोप्दै चीनले खाडीमा प्रभाव बढाउन खोज्यो



एजेन्सी, ३ चैत्र । रुस र युक्रनबीचको युद्धले अमेरिकाको ध्यान त्यतै केन्द्रित छ । यसको मौका छोप्दै चीनले मध्यपूर्वका देशहरुमा प्रभाव बढाउन खोजेको छ ।

चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई का माध्यमले प्रभाव बढाउन खोजेको विश्लेषण चिनियाँ मिडियामा आएको छ । चीनले साउदी अरब, कुवेत, ओमान र बहराइनसँग आर्थिक सहयोग र सामरिक साझेदारका विषयमा छलफल गरिसकेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ ईले इरानसँगको आणविक सम्झौताका अलावा सिरियामा गृहयुद्धपछिको पुर्ननिर्माणका विषयमा पनि छलफल गरिसकेका छन् । सिरियाले बीआरआईसम्बन्धी सम्झौता पनि गरिसकेको छ । चिनियाँ मिडियाले युक्रेनको संकट आउँदा नै चीनको मध्यपूर्वमा प्रभाव बढाउने अवसर निकाल्नेबारे विषय उठाएका थिए ।

चीनले मध्यपूर्वमा हतियार विक्री गर्ने देखि सैन्य पहुँच वृद्धिमा समेत चासो बढाएको छ । युक्रेन संकटलाई उसले मौकाका रुपमा बढाउन खोजेको छ । युएईमा पनि व्यापारिक क्षेत्रमा प्रभाव बढाउन खोजेको छ । द हङकङ पोष्टले चीनले युएईमा भौगोलिक र सामरिक अवस्थाको फाइदा लिन खोजेको उल्लेख गरेको छ । अफ्रिकाको गेटवे र मध्यपूर्वको केन्द्रका रुपमा युइएमा प्रभाव बनाउन खोजेको विश्लेषण समेत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot