Logo

ढुंगा प्रहार गरी आफ्नै श्रीमतीको हत्या



बागलुङ, ४ चैत्र । आफ्नै श्रीमतीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । श्रीमती ४२ वर्षीया तिला नेपालीको हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका–१४ नमुनागाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

रत्न बहादुरले ढुंगा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले रत्नलाई पक्राउ गरेको हो । गम्भीर घाइते तिलाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot