Logo

पाकिस्तानले हानेको मिसाइल भारत नछिर्दैै झर्यो



एजेन्सी, ६ चैत्र । पाकिस्तानले गत हप्ताको बिहिबार मिसाइल प्रहार गर्यो । उक्त मिसाइल सिन्ध प्रान्तको जम्सोरोमा खसेको थियो ।

समाचार एजेन्सी एएनआईका अनुसार उक्त मिसाइल सिन्धबाट प्रहार गरिएको थियो । उक्त मिसाइल प्रहार गरिएको केही सेकेन्डमै झरेर सिन्धको थाना बुला खानमा बिष्फोट भएको थियो । यसबारे पाकिस्तानको केही मिडियाले खबर प्रकाशित गरेका थिए ।

पाकिस्तानले आधिकारिक रुपमा यसबारे केही खुलाएन । रकेट वा प्लेन जस्तो वस्तु खसेकोबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

पाकिस्तानी समाचार एजेनसी द कन्फ्ल्किट न्युज पाकिस्तानले भारतले यसअघि गल्तीले प्रहार गरेको मिसाइलको जवाफ दिन खोजेको उल्लेख गरेको छ । भारतले गत हप्ता पाकिस्तानमा पुगेको आफ्नो मिसाइल भुलवश छिरेको आधिकारिक रुपमा भनिसकेको छ ।

भारतमा जवाफी मिसाइल प्रहार गर्दा लक्ष्यमा नपुगी दुर्घटनामा परेको छ । लक्ष्यमा पुग्न उक्त मिसाइल असफल भएको कन्फ्ल्क्टि न्युज पाकिस्तानले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot