काठमाडौं, ७ चैत्र । काठमाडौंमा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भिड बढेको छ । भर्नाका लागि पुरुषसँगै महिलाहरुको सहभागिता पनि उल्लेखनीय देखिएको छ । भर्ना प्रक्रिया हिजोबाट सुरु भएको हो ।
आगामी चैत ११ गतेसम्म आवेदन दिन पाइने छ । दरखास्त दिएकाहरुको छनोट प्रक्रिया १५ चैतदेखि प्रारम्भ हुने, नतिजा प्रकाशन २२ चैतसम्म गरिने र २८ गतेदेखि प्रशिक्षण सुरू गरिने जनाइएको छ । छनोटपछि आधारभूत तालिम दिई निर्वाचनमा खटाइने एसपी दिनेश मैनालीले जनाए ।
छनोट भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । भर्ना भएका म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउनेछन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम