Logo

युक्रेनद्धारा आत्मसमर्पण गर्ने प्रस्ताव अस्वीकार, कीभको आवासीय क्षेत्रमा हवाई आक्रमण



एजेन्सी, ७ चैत । रुस–युक्रेन युद्धको आज २६ औं दिन हो । रुसले मारियुपोल सहरको अन्तिम कब्जाका लागि दिएको आत्मसमर्पणको म्याद सकिएको छ । रोयटर्सका अनुसार रुसले आइतबार राती मारियुपोल प्रशासनलाई मस्को समय अनुसार बिहान ५ बजे आत्मसमर्पण गर्न समय दिएको थियो । तर, युक्रेनले आत्मसमर्पणको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसकेको छ ।

सीएनएनका अनुसार युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले आत्मसमर्पणको प्रश्न नै नरहेको बताएकी छन् । आत्मसमर्पण वा हतियार उठाउने जस्ता वार्ता हुनै सक्दैन । हामीले यसबारे रूसलाई पहिले नै भनिसकेका छौं। ८ पृष्ठको पत्रमा समय खेर फाल्नुको सट्टा रुसले मानवीय करिडोर खोल्नु पर्छ ।

अर्कोतर्फ, रुसी सेनाले आइतबार राति राजधानी कीभको एक आवासीय क्षेत्र र एउटा सपिङ मलमा हवाई हमला गरेको छ । यस हवाई आक्रमणमा चार जनाको मृत्यु भएको थियो । युक्रेनी आपतकालीन सेवाले मलको भग्नावशेषबाट एक व्यक्तिलाई जिउँदै निकालेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot