Logo

मुद्दा हारिन्छ भनेर प्रधानन्यायाधीशलाई महाभियोग लगाएः ओली



काठमाडौं, ७ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको मुद्दामा फैसला उनीहरुको विपक्षमा आउने देखेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याइएको टिप्पणी गरेका छन् । आज एमालेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै मुद्दा हार्ने भएपछि हतार हतार महाभियोग ल्याइएको बताए ।

‘हाम्रो पार्टीले कारबाही गरेका १४ जनाको मुद्दा पेशी चढ्दैछ भनेपछि सत्ता गठबन्धनले मुद्दा हारिन्छ भनेर प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाए,’ ओलीले भने । न्यायालयलाई प्रभाव र दबाबमा राख्न खोजिएको ओलीको आरोप थियो ।

संवैधानिक निकायको नियुक्तिमाथि सर्वोच्चमा सुनुवाईको क्रम चलिरहेको छ र यसै हप्ता फैसला आउने चर्चाबीच ओलीको भनाई आएको हो । गठबन्धनले अदालतलाई प्रहार गरेको टिप्पणी गरे ।

ओली प्रधानमन्त्री हुँदा संवैधानिक परिषदले अख्तियारसहित संवैधानिक निकायमा अध्यादेशमार्फत् बैठक र नियुक्ति गरेको विरुद्ध परेका रिटहरुमाथि संवैधानिक इजलासले खारेजको फैसला गर्ने चर्चासँगै एमाले नेताहरुले चेतावनीयुक्ति अभिव्यक्ति दिइरहेका छन् । उनीहरुले काउन्टरमा कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot