Logo

चिनियाँ विमान खसेको पहाडमा आगोको मुस्लो (भिडियोसहित)



एजेन्सी, ७ चैत्र । चीनमा १३२ यात्रु चढेको बोइङ जहाज दुर्घटनामा परेको क्षेत्रमा आगोको मुस्लो देखिएको छ । बाक्लो जङ्गल रहेको पहाडमा विमान खसेर ठूलो आगो लागेको दृश्य सार्वजनिक भएको छ ।

सोमबार दिउँसो दक्षिणी चीनको गुआन्जी जुआङमा विमान दुर्घटना भएको थियो । बोइङ ७३७ विमान कुनमिङ चाङसुई विमानस्थलबाट उडेको थियो । ग्वाङजाओमा पुग्नुपर्ने विमान बीचैमा दुर्घटनामा परेको हो ।

उद्धार टोली दुर्घटनास्थल पुगेको जनाइएको छ । अहिलेसम्म यात्रुबारे केही बताइएको छैन । सन् २०१५ मा खरिद गरी सञ्चालनमा ल्याइएको विमानमा १६२ सिट रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot