धनगढी, ८ चैत्र । कैलालीका भुपेन्द्र बडुवालको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ परि धरौटीमा रिहा भएका ३ जना फेरी पक्राउ परेका छन् ।
जिल्ला अदालतले थुनछेक बहसपछि गरेको प्रारम्भिक फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको पुनरावेदन मुद्दामा उच्च अदालत दिपायलले अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएपछि उनीहरु फेरी पक्राउ परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सन्तोष भन्ने सबिनजंग शाही, बिकास खड्का र लोकेन्द्र कुवँर रहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जना गत मंसिर २४ गते उच्च अदालतमा धरौटी राखेर छुटेका थिए । बडुवालको गत कात्तिक २३ गते टीकापुरमा हत्या भएको थियो ।