Logo

चार्ल्स शोभराजको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजालसमा



काठमाडौं, ८ चैत : बिकिनी किलर´भनेर चिनिएका अपराधी चार्ल्स शाेभराज गुरूमुखकाे बन्दीप्रत्यक्षीकरण मुद्दाकाे आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाकाे संयुक्त इजलासमा सुनुवाइका लागि मुद्दाको पेसी ताेकिएकाे छ ।

गत ७ पुसमा उमेरका कारण कैद मुक्त हुनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा अधिवक्ता शकुन्तला थापामार्फत रिट दायर गरेका थिए । शाेभराज ७७ वर्षीय हुन् । असल चालचलन भएका ७० वर्ष माथिका कैदीलाई ७५ प्रतिशत कैद छुट दिने कानुनी सुविधा छ । साेहीअन्तर्गत उनले कैद छुटकाे माग गर्दै रिट दिएका हुन् ।

सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिककाे काठमाडौं र भक्तपुरमा दुई दिनकाे अन्तरमा भएकाे हत्या घटनामा उनी दाेषी ठहरिएका छन् । उनी सन् २००३ देखि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot