Logo

ओलीले पूर्वमन्त्री प्रेमबहादुर सिंहबारे भनेः यार्सागुम्बा खाएको ५० को जस्तो देखिनुहुन्छ



काठमाडौं, ८ चैत्र । पूर्वमन्त्री प्रेमबहादुर सिंह आज नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेशपछि सिंहसँगको पुरानो सम्बन्धबारे उक्त दलका अध्यक्ष केपी शर्मा ओलीले खुलाए ।

ओलीले सिंहलाई भारतको दरभंगामा २०३० मै भेटेको स्मरण गरे । उनले भने,‘२०३० सालको वेशाखतिर प्रेमबहादुरजीलाई दरभंगामा भेटेको थिएँ । उहाँ त्यहाँ पढ्दै हुनुहुन्थ्यो ।’ ओलीले उक्त वर्ष नै आफूले पुष्पलाल श्रेष्ठ र नारायणमान विजुक्च्छे रोहितलाई दरभंगामै भेटेको सुनाए ।

ओलीले सिंह स्वस्थ रहेको र उमेरभन्दा कान्छो देखिने गरेको बताए । उनले भने,‘उहाँ भर्खरको देखिनुहुन्छ । स्वस्थ हुनुहुन्छ ।’

ओलीले सिंहलाई कर्णालीको पानी खाएको भने । उनले भने,‘कर्णालीको पानी खाएको यार्सागुम्बा खाएको स्वस्थ हुनुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot