Logo

श्रीमतीको हत्या गरेको अभियोगमा युवक पक्राउ



काठमाडौं, ११ चैत्र । आफ्नै श्रीमती २४ वर्षीया लक्ष्मी तामाङ(थापा) को हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । श्रीमती २४ वर्षीया लक्ष्मी तामाङ(थापा) को हत्या गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारी घर भएका २१ वर्षीय भक्त बहादुर थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी बिबादको कारण भक्तले धारिलो हतियार दाउ प्रहार गरी गम्भीर घाइते बनाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई हतियार सहित पक्राउ गरेको जनाएको छ। घाइतेलाई तत्काल उपचारको लागि चुनिखेलस्थित करुणा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot