Logo

ह्वाईट हाउस प्रवक्ता करिनलाई कोरोना सङ्क्रमण



वासिङ्टन, १४ चैत । अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता करिन जेन पिएर्रे पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकी छिन् ।

उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि आइतबार राती भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

उनले आफूलाई सङ्क्रमण भएको पुष्टि भएपनि स्वास्थ्यमा कुनै समस्या नभएको स्पष्ट पारेकी छिन् ।

“मैले अतिरिक्त खोप पनि लगाएकाले होला, मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य लक्षण मात्रै देखिएको छ,” सामाजिक सञ्जालमा उनले लेखेकी छिन् ।

राष्ट्रपति कार्यालयको यस सम्बन्धी नियम अनुसार आफूले कम्तीमा पाँच दिन घरमै आइसोलेसनमा बसेर काम गर्ने पनि उनले स्पष्ट पारेकी थिइन् ।

४४ बर्षिया पिएर्रे यसअघि केही महिना अगाडि पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot