Logo

तीन डिआइजीलाई यसकारण हतार हतार एआइजीको फूली



काठमाडौं, १७ चैत्र । मन्त्रिपरिषदले नेपाल प्रहरीका तीन डिआइजीलाई एआइजीमा बढुवा गरेलगत्तै प्रहरी प्रधान कार्यालयमाथि फूली लगाइदिन दबाब पर्यो । सामान्यतया बढुवा भएको केही दिनपछि मात्र दज्यान्ही चिन्ह लगाइदिने प्रचलन थियो । आज एआइजीमा बढुवा भएका वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई नक्शालमा आइजीपी शैलेश थापा क्षेत्रीले फूली लगाइदिए ।

मन्त्रिपरिषदले बढुवा गरेको निर्णयको पत्र नक्शालमा चाँडै पुग्यो । निर्णयको कारबाही पनि छिटो नै भयो । कारण थियो अदालतमा तीनजना डिआइजीले दायर गरेको मुद्दा ।

डिआइजीत्रय घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की र ईश्वरबाबु कार्कीले लोकसेवामा निवेदन दिएर रोक्न खोजेका थिए । लोकसेवाले बढुवा सिफारिश सदर गरिदिएपछि मन्त्रिपरिषदले निर्णय लिइआल्यो । त्यसपछि तीनैजना असन्तुष्ट डिआइजी अदालत गए ।

अदालतबाट एआइजी बढुवा रोक्न कुनै पनि किसिमको आदेश आउन सक्ने भएबाट गृहले पनि र्दज्यान्ही चिन्ह लगाउन ढिलो गरेन ।

मन्त्रिपरिषदले गरेको निर्णयको पत्र सम्बन्धित मन्त्रालयहरु हुँदै तत्काल कार्यान्वयनमा लग्यो । पाँच घन्टा नबित्दै र्दज्यान्ही चिन्ह लगाइदिएको छ ।
बढुवा भएकामध्ये एआइजीद्वय धीरजप्रताप सिंह र रवीन्द्र धानुक आइजीपीको प्रतिष्पर्धी देखिएका छन् । विशेषगरी सिंहलाई बालुवाटारको ग्रिन सिग्नल छ । उनलाई अगाडि बढाउनका लागि बालुवाटारले हतारमा कदमहरु चालेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot