Logo

रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सव : तेजेन्द्र–सुन्तली खड्का स्मृति पत्रकारिता पुरस्कारबाट चालिसे सम्मानित



काठमाडौं, १५ चैत्र । रिपोर्टर्स क्लब नेपालले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विद्याका पुरस्कारहरु वितरण गरेको छ । क्लबले आज (बिहीबार) काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट ती पुरस्कार वितरण गरेको हो ।

यस वर्षको एक लाख रुपैयाँ राशिकै तेजेन्द्र—सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार कारोबार दैनिकका सम्पादक कुबेर चालिसेलाई प्रदान गरेको छ । यो पुरस्कार क्लबले पहिलोपटक दिएको हो ।

यस्तै, क्लबले हरेक वर्ष प्रदान गर्दै आएको पचास हजार रुपैयाँ राशिको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका सहायक प्रमुख उपसम्पादक कुलचन्द्र न्यौपानेलाई प्रदान गरिएको छ ।

त्यस्तै, जनही पच्चिस हजार रुपैयाँ राशिका वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका एसोसिएट एडिटर सुरेश यादव, सहिद जगतप्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार राससका संवाददाता कृष्णराज गौतम, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार विमापोष्ट अनलाईन पोर्टलका सम्पादक नवराज न्यौपाने, उमासिंह स्मृति पत्रकारिता पुरस्कार ग्यालेक्सी फोरकेकी वरिष्ठ राजनीतिक सम्वाददाता सिर्जना घिमिरे र बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार राससका फोटो पत्रकार रोशन सापकोटालाई प्रदान गरिएको छ ।

त्यस्तै, सरोकार टेलिभिजनका सम्पादक रवि प्याकुरेल पच्चिस हजार राशिको रिपोटर्स क्लव पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

त्यसैगरी क्रियाशिल महिला पत्रकारिता पुरस्कार—२०७८ बाट रेडियो नेपालकी पत्रकार रिता बुढाथोकी, उत्कृष्ट युवा पत्रकारिता तथा कृयाशिल युवा पत्रकारिता पुरस्कारबाट इमेजखबर डटकमका प्रधान सम्पादक रामेश्वर सापकोटा, प्राइम टाइम्स एचडीका न्यूज एडिटर बालकृष्ण शर्मा, राजधानी दैनिकका राजनीतिक ब्यूरो प्रमुख महेश गौतम, न्यूज एजेन्सी नेपालका क्यामेराम्यान सुरज प्रधान, प्राइम टाइम्स एचडीका रिपोर्टर तथा प्रोग्राम प्रिजेन्टर डेबिड पाण्डे, कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजा, नेपाली रेडियो नेटवर्कका न्यूज रिपोर्टर डाकमान राई र हिमालयन टेलिभ्वाइसका क्यामेरा म्यान सुप्रिम बखुन्छे जनहीँ दश हजार रुपैयाँ राशिको पुरस्कारबाट पुरस्कृत भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot