Logo

रिपोर्टर्स क्लब नेपालद्वारा नेपाल टेलिकमलाई सम्मान



काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले नेपालको पहिलो र नेतृत्वदायी दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमलाई सम्मान गरेको छ।

क्लबले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा आज (बिहीबार) काठमाडौंको याक एण्ड यती होटेलमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट यो सम्मान प्रदान गरेको हो ।

टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता पहाडीले उक्त सम्मान ग्रहण गरेकी हुन् ।

टेलिकमलाई प्रदान गरेको सम्मानपत्रमा भनिएको छ,‘नेपालको पहिलो र नेतृत्वदायी दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले निर्वाह गरेको भूमिकाको रिपोर्टर्स क्लब नेपाल हृदयदेखि नै उच्च प्रशंसा गर्न चाहन्छ । दूरदराजसम्म सञ्चार सेतु बनेर लाखौं सेवाग्रहीको मन जित्न सफल भएकोमा उच्च कदरस्वरुप रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवका अवसरमा यो विशेष सम्मान प्रदान गरिएको छ । नेपाल टेलिकमको उत्तरोत्तर प्रगतिको शुभकामना ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot