Logo

नेपाल लाइफ इन्सुरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं, १८ चैत । नेपाल लाइफ इन्सुरेन्सले चैत २१ गते (सोमबार)का लागि साधारण सभा बोलाएको छ ।

आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले १४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

त्यस्तै, सभामा कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० को अनुपातलाई ५१ः४९ कायम गर्न संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पनि रहनेछ । २०७६–७७ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

सभाले २०७७–७८ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरेको छ। सभा होटल भिष्वा, वीरगंज पर्सामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot