काठमाडौं, १९ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको मित्रता र सम्बन्ध, दुई देशबीचका जनताको आपसी सम्बन्ध विश्वको कुनैपनि देशमा देख्न नपाईने बताएका छन् ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नो संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् ।उनले भने,‘हाम्रो सभ्यता, हाम्रो संस्कृति, दुई देशबीचको आदानप्रदानको धागो, यो प्राचिन कालदेखि नै जोडिएको हो । अनादिकालदेखि नै हामी एक अर्काको सुःख र दुःखको साथी रहँदै आएका छौं ।’
यस्तो छ उनको सम्बोधन
https://www.facebook.com/primetimestvnepal/videos/1150977072328709