Logo

अर्काको परीक्षा दिदैगर्दा एमबीबीएस अध्ययनरत विद्यार्थीसहित पक्राउ



काठमाडौं, २० चैत्र । चिकित्सा शिक्षा आयोग, सानोठिमी भक्तपुरले सञ्चालन गरेको स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली बिद्यार्थीहरु पक्राउ परेका छन् ।

आयोगले चैत्र १८ गते सञ्चालन भएको परीक्षाबाट पाँचजना नक्कली परीक्षार्थीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महोत्तरी घर भएका किस्ट कलेजमा एमबीबीएस पहिलो वर्षमा अध्ययनरत अमर पण्डित, सर्लाहीका किस्ट कलेमा एमबीबीएस पहिलो वर्षमा अध्ययनरत रामनाथ चौधरी, सप्तरी स्थायी घर भएका एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत राम आशिष यादव, भारत घर भएका मोहम्मद जिलानी, महोत्तरीका ओम प्रकाश साह विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सक्कली परिक्षार्थीको विवरणमा नक्कली परिक्षार्थीहरूको फोटो टाँसी फम भराउने गरेको, परिक्षा प्रयोजनार्थ कतिपय अवस्थामा सक्कली परिक्षार्थीको नागरिकता विवरणमा नक्कली परिक्षार्थीको फोटो टाँसेर प्रथम प्रतिलिपी उल्लेख गरी नक्कली नागरिकता समेत वनाएको,सकेसम्म नक्कली प्रशिक्षार्थी चयन गर्दा सकभर मिल्दो-जुल्दो अनुहार भएको व्यक्तिलाई सक्कली प्रशिक्षार्थीको विवरणमा नक्कली परिक्षार्थीको फोटो टाँसी फार्म भर्ने गरेको,भारतियमूलका विद्यार्थीलाई समेत आर्थिक प्रलोभनमा पारी अग्रिम भुक्तानी दिई नक्कली परिक्षार्थीको रूपमा प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार चिकित्सा क्षेत्रमा कार्यरत चिकित्सकहरूले समेत एमबीबीएस पढि रहेका तर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न प्रलोभन देखाई नक्कली प्रशिक्षार्थीको रूपमा प्रयोग गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot