Logo

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार युसुफद्वारा राजीनामा



काठमाडौं, २२ चैत्र । पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले राजीनामा दिएका छन् । पाकिस्तानमा राजनीतिक संकट बढ्दै जाँदा उनले राजीनामा दिएका हुन् ।

युसुफले ट्वीट गर्दै अत्याधिक सन्तुष्टिका बाबजुद जिम्मेवारी त्यागेको बताएका छन् । उनले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलगायत वरिष्ठ अधिकारीहरुलाई धन्यवाद दिएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री खानले संसद विघटन गरेपछि युसुफको राजीनामा आएको हो । संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले उक्त कदम चालेका हुन् । विघटनविरुद्ध पाकिस्तानको अदालतमा मुद्दा परेको छ । यसबारे अदालतले आदेश जारी गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot