Logo

इमरान खानको साहसको भारतका चर्चित लेखक राजामोहनद्वारा प्रशंशा



एजेन्सी, २२ चैत्र । इमरान खानले यसपटक ठूलै जोखिम मोले । पाकिस्तानको इतिहासमा कुनैपनि निर्वाचित प्रधानमन्त्रीले सेनाको दबाबमा पद त्याग गर्ने गरेका थिए । उनले भने साहस गरेको भारतका एकजना रणनीतिक मामलाका विश्लेषक सी राजामोहनले लेखेका छन् ।

राजामोहनको इन्डियन एक्सप्रेसमा आज प्रकाशित लेखमा इमरानले विगतका निर्वाचित प्रधानमन्त्रीहरुभन्दा भिन्न चुपचाप पद त्याग गरेर सेनाले भनेबमोजिम गर्न नमानेको उल्लेख गरेका छन् । पाकिस्तानका सेनाको चाहना विरित जाने निर्वाचित प्रधानमन्त्रीहरु जेल परेको, फाँसी दिइएको वा देश निकाला गरिएको समेत विवरणहरु प्रस्तुत गरेका छन् ।

इमरानले सेनासँग साहसिक कदम चालेको राजा मोहनको तर्क छ । विगतमा सेनाद्वारा जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइएको, नवाज सरिफलाई देश निकाला गरिएको विषय पनि उल्लेख गरिएको छ ।

यसअघि इमरान खानले भारतले लिएको विदेश नीतिको प्रशंशा गरेका थिए । उनले सार्वजनिक रुपमै भारतले आफ्नो नागरिकको हितलाई केन्द्रमा राखेर रुस र युक्रेनबीचको युद्धमा आफ्नो तटस्थ भूमिका देखाएको बताएका थिए ।

पाकिस्तान पनि रुस र युक्रेनबीचको युद्धमा तटस्थ भूमिकामा छ । यस विषयले नै आफूलाई अमेरिकाले पदबाट हटाउन खोजेको आशयसहित अभिव्यक्ति दिएका छन् । उनले अमेरिकाको नामै लिएर आफूलाई हटाउन खोजेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot