Logo

टेलिकमकै कर्मचारी प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारी आन्दोलित



काठमाडौं, २३ चैत्र । नेपाल टेलिकमका कर्मचारी बुधबार आन्दोलनमा उत्रेका छन् । टेलिकम भित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन पर्ने माग गर्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

आज नेपाल टेलिकम वर्कश युनियनले केन्द्रीय कार्यालमा खबरदारी सभाको आयोजनमा समेत गरेको थियो । टेलिकमकै वरिष्ठ कर्मचारीलाई नै प्रबन्ध निर्देशकमा नियुक्त गर्न कर्मचारीको माग रहेको छ । प्रबन्ध निर्देशक पदमा बाहिर बाट व्यक्ति ल्याउन नहुने उनीहरुको तर्क छ ।

आफ्नो संस्थामा परिचित व्यक्ति नै प्रबन्ध निर्देशक हुनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । टेलिकम नबुझेको व्यक्तिले संस्थालाई हाक्न नसकने पनि उनीहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot