Logo

अफगानिस्तानका आधाभन्दा बढी महिलाले देश छाड्न चाहेको रिपोर्ट सार्वजनिक



एजेन्सी, २४ चैत्र । अफगानिस्तानमा महिलाहरुको हालत झन् खस्किएको र पीडामा परेको रिपोर्ट सार्वजनिक भएको छ । त्यहाँका ९६ प्रतिशत जनता कठिन अवस्थामा गुज्रिरहेको उल्लेख छ ।

स्थानीय मिडियाले ग्यालअप सर्भेलाई उदृत गर्दै तालिवानले सत्ता लिएपछि ४ करोड जनसंख्या भएको देशमा ९६ प्रतिशत महिलाहरु पीडादायक जीवन बाँच्न विवश भएको उल्लेख छ । ७५ प्रतिशत अफगानी महिलाहरुले अधिकारबाट वञ्चित भएको बताएको रिपोर्टमा भनिएको छ ।

तालिवान सत्तामा आएपछि महिलाहरुलाई शैक्षिक संस्था र काममा जान रोक लगाइएको छ । त्यहाँका आधा भन्दा बढी महिलाहरु देश छाड्न चाहिरहेको भनिएको छ । त्यहाँ भोकमरी बढेको, मानिसहरु बेरोजगार बनेको विषयहरु बाहिर आइरहेको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot