Logo

एमालेले केशव स्थापितलाई काठमाडौंको मेयरको उम्मेदवार बनाउन सक्ने



काठमाडौं, २४ चैत्र । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउन सक्ने बुझिएको छ । काठमाडौंको चुनाव महत्वपूर्ण र चूनौतीपूर्ण भएकाले ओलीले स्थापितलाई बढाउने तयारी गरेको बुझिएको छ ।

ओलीले एकै हप्ता दुई पटक स्थापितलाई भेटको समय दिएका छन् । भेटमा स्थापितले काठमाडौंमा आफूले मेयर जित्ने आधारहरु प्रस्तुत गरेका थिए । आफू उम्मेदवार बने काठमाडौं उपत्यकाभित्रका अन्य पालिकामा समेत एमालेको पक्षमा माहोल बन्ने दाबी गरेको बुझिएको छ ।

स्थापितले स्थानीय चुनावमा मतदाता आकर्षित पार्ने उपाय, घोषणापत्र निर्माणलगायतमा समेत ओलीसँग छलफल गरेका छन् । उनले विगतमा आफूले मेयर जित्दा लोकप्रीय मत ल्याएको समेत उल्लेख गर्दै यसपटक एक लाखभन्दा बढी मत ल्याउनसक्ने आधार प्रस्तुत गरेका थिए ।

काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्य एमालेबाट निर्वाचित मेयर हुन् । शाक्यको कामको काठमाडौंवासीले अनुभूती गर्न नसकेको विषयहरु उठ्न थालेको छ । स्थापितको पालामा विगतमा लोकप्रीय कामहरु भएका थिए । यसले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो ।
विगतको लोकप्रीयतालाई देखाएर स्थापित पुनः अगाडि बढ्न खोजेका छन् । तर, ओलीलाई मनाउन स्थापितलाई सजिलो भने छैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot