Logo

उपकार लघुवित्तको आइपीओ आजदेखि विक्री खुला



काठमाडौं, २५ चैत्र । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आइपीओ निष्काशन तथा विक्री खुला गर्दैछ ।
कम्पनीले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार बराबरको प्रतिशेयर एक सय रुपैयाँ अंकित दरका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।

कुल शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्ता देखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन आइपीओ खरीदका लागि छिटोमा चैत २९ गतेसम्म र माग बमोजिम आवेदन नपरे ढिलोमा २०७९ बैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot