Logo

राजेश हमालको दाबी : नेपालमा अब राजसंस्था फर्कँदैन, नेपाल अहिलेपनि हिन्दू राष्ट्र हो



काठमाडौं, २६ चैत्र ।महानायक राजेश हमालले नेपालले अब राजसंस्था नफर्कने दाबी गरेका छन् । आज (शनिबार) राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने धमलाको हमला कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै हमालले यस्तो बताएका छन् । उनले आफूलाई कम्युनिष्ट दर्शन पनि मन नपर्ने खुलासा गरे । उनले आफू डेमोक्र्याट भएको जनाए ।

पछिल्लो समय काठमाडौंको मेयरमा उठ्ने चर्चा चलाईएको भएपनि आफू मेयरमा नउठ्ने उनको भनाई छ । बरु, अब सक्रिय राजनीतिमा भने आउनसक्ने उनको भनाई छ । हमालले नेपाल अहिलेपनि हिन्दू राष्ट्रनै रहेको टिप्पणी गरे । उनले नेपालमा हिन्दूहरुको बाहुल्यता रहेकोले नेपाल अहिले पनि हिन्दू राष्ट्र रहेको स्पष्ट पारे ।

हमालले आफू र मधुबीचको सहमतिअनुसार नै सन्तान जन्माउनको लागि ढिलाई भएको सुनाए । उनले आफले मदिरा सेवन नगर्ने जनाए । र धुम्रपान पनि नगरेको भन्दै अरुलाई पनि मदिरा र धुम्रपान सेवन नगर्न सुझाव दिए । उनले भात नखाएको तीन वर्ष भएको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot