Logo

४० ठाउँमा हुन्डाईका चार्जिङ स्टेसन



काठमाडौं, चैत २७ । विद्युतीय गाडीको चार्जिङ सहज बनाउने उद्देश्यले अटो निर्माता हुन्डाईले नेपालका मुख्य शहरका ४० ठाउँमा चार्जिङ स्टेसन स्थापना गरेको छ । विद्युतीय गाडी प्रयोगकर्तालाई लामो यात्रामा निस्कँदा ब्याट्री चार्ज गर्न समस्या नहोस् भनेर कम्पनीले देशका विभिन्न शहरमा चार्जिङ स्टेसन स्थापना गरेको हो ।

हुन्डाईले बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, चितवन लगायत १४ स्थानमा चार्जिङ स्टेसन स्थापना गरेको जानकारी दिएको छ । प्रदेश १ का ५ स्थान, मधेश प्रदेशको वीरगञ्जका २ स्थान, गण्डकी प्रदेशको पोखराका ५ स्थान, लुम्बिनी प्रदेशको दाङ, नेपालगञ्ज, भैरहवा र बुटवलका ८ स्थानमा चार्जिङ स्टेसन खोलिएको छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशको धनगढी र चिसापानी कर्णालीमा पनि चार्जिङ स्टेसन राखिएको जानकारी दिइएको छ ।

कम्पनीले चार्जिङ स्टेसन राखेका होटल, रेस्टुरेन्ट, शपिङ मलहरूले विद्युतीय गाडी चार्ज गरेबापत प्रतियुनिट १२ देखि १५ रुपैयाँ शुल्क लिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot