Logo

जीवन विकास लघुबित्तको संचालकमा खतिवडा र सिटौला निर्वाचित



काठमाडौं, २७ चैत्र । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा सर्वसाधारण समुहबाट दुईजना निर्वाचित भएका छन् । सञ्चालक पदमा सर्वसाधारण समुहबाट गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित भएका हुन् ।

खतिवडा पुर्ब पत्रकार र संस्थाकै पुर्ब संचालक हुन् भने सिटौला प्रभु क्यपिटलका संस्थापक र पिपुल्स पावर लिमिटेडका पुर्ब आयोजना प्रमुख हुन् । संस्थाको आज सम्पन्न तेस्रो वार्षिक साधारणसभाले दुई सञ्चालकको निर्वाचनलाई अनुमोदन गरेको छ ।

आज सम्पन्न भएको साधारणभाले चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ३.६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्