Logo

म्यानपावर व्यवसायीहरुमाथि खनिए श्रममन्त्री, राजनीति गर्न मन लागे चुनावमा भाग लिन व्यवसायीहरुलाई सुझाव (भिडियोसहित)



काठमाडौं, २७ चैत्र । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले म्यानपावर व्यवसायीहरुलाई राजनीति नै गर्न मन लागेको भए बैशाख ३० गतेको निर्वाचनमा भाग लिन सुझाव दिएका छन् ।

आज (आइतबार) ललितपुरको होटल हिमालयमा आयोजित पूर्व प्रस्थान अभिमुखीकरण तालिम कार्यान्वयनको अवस्था सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो आक्रोश पोखेका हुन् ।

कार्यक्रममा केही व्यवसायीहरुले होहल्ला गरेपछि मन्त्री श्रेष्ठ आक्रोशित बनेका हुन । उनले सबैले आ–आफ्नो समस्या राख्नुपर्नेमा होहल्ला गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले आफू अरु मन्त्रीजस्तो लुते नभएको भन्दै संयम हुन पनि व्यवसायीहरुलाई चेतावनी दिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्