Logo

बङ्गलादेशले चीनबाट ४० अर्ब डलर लगानी लिन खोजेपछि…



एजेन्सी, २७ चैत्र । चीनले बङ्गलादेशमा ४० अर्ब डलर बराबरको लगानी गर्ने तयारी गरेको खुलेको छ । बङ्गलादेशको पत्रिकाले स्रोतलाई उदृत गर्दै यसबारे खुलासा गरेको हो ।

चीन र बङ्गलादेशबीचको द्विपक्षीय साझेदारीमा यस्तो लगानी हुन लागेको हो । चीनले बङ्गलादेशमा न्युक्लियर प्लान्ट विकासको प्रस्ताव गरेको छ । उक्त प्लान्ट त्यहाँको ऊर्जा संकट समाधानको उद्देश्यले विकास गरिने जनाइएको छ ।

बङ्गलादेशलाई चीनले ऋणको जालोमा पार्न लागेको भन्दै अमेरिकाले चासो देखाएको छ । श्रीलंका चीनको ऋणको जालोमा परेको भन्दै अमेरिकाले बङ्गलादेशलाई पनि सचेत गराएको छ । चीनको बीआरआई अन्तर्गत बढी ऋण लिनेमा पाकिस्तानपछि बङ्गलादेश दोस्रो देश हो ।

अब्जरभर रिसर्च फाउन्डेशनका अनुसार बङ्गलादेशले अमेरिकाबाट सन् २०१९ को आर्थिक वर्षमा मात्र १ अर्ब ५९ करोड डलर लगानी लिएको छ । यसरी बङ्गलादेशले ऋणहरु चीनबाट लिन थालेपछि अमेरिका र भारतले सचेत गराएका छन् । उनीहरुले क्वाडमा आउन आग्रह गरेको उल्लेख छ ।

विगतमा श्रीलंका लहडको भरमा चीनको बीआरआईमा जाँदा ऋणको जालोमा परेर ठूलो आर्थिक संकटमा फसेकोतर्फ देखाउँदै अमेरिकाले बङ्गलादेशलाई पनि बेलैमा सचेत हुन भनेको बीजनेस स्टान्डर्डको रिपोर्टमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot