Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी



काठमाडौं, चैत २८ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बसिरहेको छ । केहिबेर अघि सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल भईरहेको जनाईएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका शीर्षनेता सहभागी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्