Logo

अफगानिस्तानले कच्चा तेल निकाल्ने



एजेन्सी, २८ चैत्र । अफगानिस्तानले कच्चा तेल निकाल्ने निर्णय गरेको छ । तालिवान सत्तामा आएपछि उत्तरी प्रान्तको तेल पाइने क्षेत्रहरुबाट निकाल्ने निर्णय गरेको उल्लेख छ ।

यो अफगानिस्तानमा दोस्रो मुख्य आयोजना उद्घाटन भएको हो । यसअघिको आयोजना सारी पुल प्रान्तमा उद्घाटन गरिएको थियो । जहाँ दैनिक २०० टन कच्चा तेल निकाल्ने योजना बनाइएको छ ।

तालिवानका कार्यवाहक उपप्रधानमन्त्री अब्दुल घानी बरदारले कच्चा तेल उत्पादनबाट प्राप्त आम्दानी अफगानिस्तानको केन्द्रीय बैंकमा जम्मा हुने जनाएका छन् । उनले कच्चा तेल देशभित्रै प्रशोधन गर्ने या बाहिर गर्नेबारे केही उल्लेख गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्