Logo

भारतका पूर्वमन्त्री हुन्डी काण्डमा पक्राऊ



एजेन्सी, २८ चैत्र । भारतको जम्मु काश्मिरका एकजना पूर्वमन्त्री पक्राऊ परेका छन् । हुन्डी काण्डमा बाबु सिंह शनिबार पक्राऊ परेका हुन् ।

सिंहलाई प्रहरीले बयान लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गत महिना जम्मु काश्मिर प्रहरीले एकजना व्यक्तिलाई हुन्डीकै विषयमा पक्राऊ गरेको थियो ।

अवैध रकम सम्बन्धी गतिविधिमा जम्मुको प्रहरीले कडा निगरानी र अनुसन्धान थालेको छ । प्रहरीको अनुसन्धानबाट धेरै तथ्यहरु खुल्न थालेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्