Logo

सिटामोलमा मूल्य वृद्धिमा रोक, अन्य औषधीको मूल्य आकाशिंंदा आँखा चिम्म



काठमाडौं, २८ चैत्र । सरकारले सिटामोल र जीवनजलको मूल्यवृद्धि गर्न दिएको छैन । उत्पादकहरुले सिटामोल र जीवनजल उत्पादनमा कच्चा पद्धार्थ महङ्गिएको भन्दै हालको मूल्यमा विक्री गर्न नसक्ने बताइआएका छन् । उनीहरुले उत्पादन नै घटाएका छन् ।

सिटामाले र जीवनजलको मूल्यमा मात्र आँखा लगाएको सरकारी निकायले अन्य औषधीको मूल्य आकाशिंदा आँखा चिम्लिएको छ । अहिले बजारमा पाइने मधुमेह, खोकी, ज्वरो, क्यान्सर, मुटुरोगलगायत विभिन्न रोग लाग्दा प्रयोग हुने औषधीको मूल्य आकाशिएको छ ।

पटक पटक मूल्यवृद्धि भई औषधी आउन थालेका छन् । तर, औषधी व्यवस्था विभागले यसमा आँखा चिम्लिएको छ ।

औषधी नियमित सेवन गर्नेहरु हरेक महिनाजसो मूल्य वृद्धि हुन थालेपछि चिन्तामा पर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot