Logo

विकासको बाटोमा अघि बढ्न पनि अग्रगामी शक्तिले नै चुनाव जित्नुपर्छ : प्रचण्ड



काठमाडौं, २९ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थिरतासँगै विकासको बाटोमा अघि बढ्न पनि अग्रगामी शक्तिले नै चुनाव जित्नुपर्ने बताएका छन् ।

सहरी विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको पाँच दलीय गठबन्धनलाई अग्रगामी शक्तिको रुपमा चित्रण गरे ।

उनले गणतन्त्र र संविधान जोगाउनका आगामी निर्वाचनहरुमा सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।

उनले प्रतिगामी शक्तिले जिते संविधन र गणतन्त्र नै धरापमा पर्ने टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्