Logo

मेलम्चीको पानी सुरुङमा भर्न सुरु, बैशाखको दोस्रो सातादेखि काठमाडौंबासीले पिउन पाउने



काठमाडौं, २९ चैत्र । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा आजदेखि पानी भर्न सुरु भएको छ । सुरुङमा पठाउन खानेपानी मन्त्री उमाकान्त चौधरी आयोजनास्थल पुगेका थिए । आज बिहान ११ः५५ मिनेटमा सुरुङमा पानी पुनः पथान्तरण गरिएको हो ।

आजदेखि सुरुङमा पहिलो चरणमा पानी पथान्तरण सुरु गरिएको हो । गत वर्खामा आयोजनाको मुहानमा निकै क्षति पुगेको थियो ।

टनेलभित्रको फोहोर सफा गरेपछि पानी सुरुङमा पठाइएको आयोजनाले जनाएको छ । आयोजनाको अनुसार भोलिबाट पानी पठाउने र काठमाडौंका बासीले बैशाखको दोस्रो सातादेखि मात्रै पिउन पाउनेछन् ।

 



प्रतिक्रिया दिनुहोस्