Logo

एमएडब्ल्यू अर्थमुभर्स बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर



काठमाडौं, २९ चैत्र । एमएडब्ल्यू अर्थमुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बनेको छ । नेपालको नम्बर वान कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्स सर्वोत्कृष्ट दक्षिण एसिया डिलर–२०२१ बाट सम्मानीत भएको हो ।

जेसीबी यूकेका निर्देशक जर्ज बामफोर्ड, ग्रुप सीईओ ग्राहम म्याकडोनाल्ड र जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दीपक शेट्टीले एमएडब्ल्यु अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवाललाई संयुक्त रूपमा सर्वोत्कृष्ट डिलरको अवार्ड हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै एमएडब्ल्यू अर्थमुभर्सका अध्यक्ष अग्रवालले जेसीबीका ग्राहक, कर्मचारी र सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै उनीहरूकै साथ र सहयोगमा एमएडब्ल्यु दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बन्न सफल भएको बताए ।

एमएडब्ल्यू अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विललोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडरजस्ता जेसीबी ब्रान्डका हेभी इक्विपमेन्टहरूको बिक्री–वितरण गर्दै आएको छ । नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्