Logo

मोदीलाई सरिफले के जवाफ दिए ?



एजेन्सी, २९ चैत्र । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिदै शान्ति र समझदारीको आशा व्यक्त गरेपछि पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री सेहवाज सरिफले धन्यवाद व्यक्त गरेका छन् । उनले भारतसँग शान्तिपूर्ण र सहयोगी सम्बन्धको आशा व्यक्त गरे ।

तर, उनले जम्मु काश्मिरको विषय उठाउँदै शान्तिपूर्ण समाधानमा जोड दिए । पाकिस्तानले आतंकवादविरुद्धको लडाईंमा धेरै त्याग देखाउँदै आएको उनको भनाई छ । मङ्गलबार ट्वीट गर्दै सरिफले शान्तिको प्राप्तिको आव्हान गरे ।

सोमबार प्रधानमन्त्री नियुक्त भएका ७० वर्षीय सरिफलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएकोमा विश्वको ध्यान गएको छ । भारत र पाकिस्तानबीच सम्बन्ध सामान्य छैन ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्